वाग्मतीका लागि बिजवजारको व्यापार साझेदार साइन्टिफिक बिजनेस हब

अनलाइन ई कमर्स बिजवजारको बाग्मती प्रदेश व्यापार साझेदारको रूपमा साईन्टिफिक बिजनेस हब प्राली नियुक्त भएको छ । अनलाइन बजारको सबैभन्दा ठुलो हिस्सा रहेको उपत्यकासहितका छिमेकी जिल्लामा बजार योजना तथा प्रर्वद्धन गर्ने गरि बुधवार दुई कम्पनीबिच सम्झौता भएको हो । सम्झौतामा बिजवजारका तर्फबाट फेन्चाईज वितरण अफिसर चिन्तामणि शर्मा र साईन्टिफिक बिजनेस हबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बाग्मती प्रदेशका सबै जिल्लामा बिजवजारको ब्यापार बिस्तार तथा प्रवर्द्धनको काम साईन्टिफिक बिजनेस हवले गर्नेछ । ”जे चाहिन्छ त्यो पाइन्छ”भन्ने नाराका साथ नेपाली ई कमर्स बजारमा भर्खरै आफ्नो सेवा थालेको बिजबजारले देशव्यापी आक्रामक बजार विस्तारका लागि नेपालका सात वटै प्रदेशमा आधिकारिक व्यापार साझेदारहरू नियुक्त गरेको छ । आधिकारिक बजार साझेदारहरूमार्फत काम गर्दा प्रतिस्पर्धी बजारमा छिटो सञ्जाल फैलाउन सकिने विश्वाससहित जिल्ला जिल्लामा व्यापार बिस्तार तथा पर्वध्दन गर्ने बिजवजारको योजना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार