प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।

सर्वदलीय बैठकमा सहभागिताका लागि अहिलेसम्म कुनै सूचना नभएको र बैठकमा एमाले नजाने नेता विष्णु रिमालले जानकारी दिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं ।स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को किमार्थ सहमति नहुने हाम्रो धारणा स्पष्ट नै छ ।’ उनले भनेका छन् ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग  छलफल गर्न लागेका हुन् । यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघकाे निवार्चनपछि मात्र स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार