नेपालमा फेरि न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ ।

विभागले बुलेटिन जारी गर्दै नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औँल्याएको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ ।

शनिबार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम १३ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार