सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो, उपत्यकामा मात्रै ४२ हजार

१५ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित

पालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ हजार ५६ रहेका छन् । काठमाडौं जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ६८८ पुगेको छ । ललितपुरमा सात हजार १४५ र भक्तपुरमा चार हजार २२३ सक्रिय सङ्क्रमित रहेका छन् ।

संक्रिय संक्रमित कहाँ कति ?
सक्रिय सङ्क्रमितमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसन छन् । प्रदेश १ मा ६४७४, मधेस प्रदेशमा २४ सय १३, बाग्मती प्रदेशमा ४५ हजार ८०६, ,गण्डकी प्रदेशमा ३८ सय ६६, लुम्बिनी प्रदेशमा ३२ सय ९३, कर्णली प्रदेशमा ४१९, सुदूरपश्चिमममा १४ सय ६३ जना रहेका छन् । मन्त्रालयका अनुसार एक हजार ६४० जना संस्थागत आइसोलेसन छन् ।

प्रदेश अनुसार प्रदेश १ मा ९१, मधेस प्रदेशमा २, बाग्मती प्रदेशमा ९८९, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा १७४, कर्णली प्रदेशमा ९, र सुदूरपश्चिममा २९७ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा ३५ जना आइसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा दुई जना आइसीयूमा, बागमती प्रदेशमा ११५ आइयीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, गण्डकी प्रदेशमा १९ जना आइसीयूमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा २० जना आइसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा कुनै पनि संक्रमिक्त आइसीयूमा र भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिममा तीन जना आइसीयू र एक जना उपचाररत छन् ।

१५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित
मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, बाँके कास्की, रुपन्देही र कैलाली गरेर १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, नुवाकोट ,धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, दाङ, सुर्खेत र कन्चनपुर गरेर १५ जिल्लामा दुईभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार