प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

प्रधानमन्त्रीको सम्बोधनमार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने बताइएको छ । ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार