सोमबारसम्म मौसम सुधार नहुने, आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तीमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ– ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार