भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ ।

भन्सार विभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थिति सहज हुने बितिकै पुनः सञ्चालन गरिने भन्सार विभागले जनाएको छ ।

यसअघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार