आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछि लिभरपुलले ६ वर्षपछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

यसअघि पहिलो लेग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार