कर्णालीमा फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्य बने मन्त्री

कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने तयारी

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका छन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले शुक्रबार फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । यसअघि शनिबार नै नेकपा एमाले कर्णाली प्रदेश कमिटीले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो  भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।।

यस्तै मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार