सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि शुक्रबार बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने चितवन प्रहरीले जनाएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार