काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू हुने

काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले माघ ७ गते राति १२ बजेबाट सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार जोर बिजोर लागू गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार