पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको बिहीबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो ।

उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको हो । पत्रकार विश्वकर्माको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । उनको पीसीआर रिपोर्ट भने अझै आएको छैन । उनको शव हाल पाटन अस्पतालमै राखिएको छ ।

दुई साता अघिदेखि रुघा(ज्वरो आए पनि उनी घरमै आराम गरिरहेका थिए । पत्रकार विश्वकर्माले यसअघि जनता टेलिभिजन, इमेज टेलिभिजन, टिभी अन्नपूर्ण लगायत विभिन्न सञ्चार माध्यममा काम गरिसकेका थिए । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार