बिहे गर्दै नायिका रेखा थापा

नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन् ।चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन् ।

नयाँवर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् । धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा रेखा छिन् । ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको छ ।

२० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री थापाले यसअघि आफ्नो बिहे आगामी वर्ष हुने बताउदैँ आएकी छिन । फिल्म निर्माता ओझासँग पहिलो बैवाहिक सम्बन्ध टुंगिएयता रेखा सिंगल थिइन् । रेखा र छवि एक दशक लामो वैवाहिक जीवनबाट अलग भएपछि रेखा चावहिल मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार