जहाज आकाशमा होल्ड भएपछि यात्रु बेहोस

निर्धारित समयमै जहाज ल्यान्ड नहुँदा बुद्ध एयरका एक यात्रु आकाशमै बेहोस भएका छन् । पानी परेका कारण आकाशमा ३५ मिनेट जहाज होल्ड हुँदा काठमाडौँ निवासी जानुका थापा बेहोस भएकी हुन् ।

बिहीबार बिहान ७ः४४ बजे काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज ८ः४४ मा नेपालगन्ज विमानस्थलमा अवतरण हुनु पर्ने थियो । तर जहाज ९ः१९ बजे ल्यान्ड भएको थियो ।

आकाशमा जहाज होल्ड भएपछि थापा आत्तिएकाले बेहोस भएको विमानस्थल स्रोतले जनाएको छ । जहाज ल्यान्ड हुनासाथ उनलाई एम्बुलेन्स मार्फत अस्पताल लगिएको छ ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार