फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ।

त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यप्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गरेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

घाटा सहेर बेच्दा भारतलाई तिर्ने पैसा पनि नहुने स्थिति भएपछि निगमले भाउ बढाएको हो । मूल्य बढाए पनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार