पीसीआर परीक्षण शुल्क घट्यो

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीका अनुसार अब सरकारी अस्पतालहरुमा आठ सय रुपैयाँमा पीसीआर परिक्षण हुनेछ । यस्तै निजी प्रयोगशालाहरुले १५ सयमा नै पीसीआर परीक्षण गर्नुपर्ने छ ।

यसअघि सरकारी अस्पतालले एक हजार रुपैयाँ र निजी अस्पताल तथा प्रयोगशालाहरुले दुई हजार रुपैयाँ लिने गरेका थिए ।

सरकारको यो नयाँ दर अनुसार अब सरकारीमा दुई सय र निजीमा पाँच सय रुपैयाँ घटेको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरुको भने निःशुल्क परीक्षण गर्ने सहायक प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार