नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने भएका छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।

सोमबार बसेको अष्ट्रेलियाली मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ ।

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले नेपाली विद्यार्थीको लागि यो खुशिको कुरा भएको जनाएकी छिन् । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अष्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक नियम ल्याएका हुन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

अहिले अष्ट्रेलियाको भिसा शुल्क ६०० डलर छ । यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले राजदूत भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार