काठमाडौं उपत्यकामा कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी

के गर्न पाइने, के गर्न नपाइने ?

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय (ललितपुर, भक्तपुर र काठमाडौं)ले एकै प्रकारका आदेश जारी गरेका हुन् ।

मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ । यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार