मधेस प्रदेशमा लगातार दुई दिन सार्वजनिक विदा

मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक विदा हुने भएको छ ।

प्रदेशको नाम र राजधानी तोकिएको खुसियालिमा मंगलबार सार्वजनिक विदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक विदा दिएको हो ।

मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते सार्वजनिक विदा दिँदै आएको छ । सोही अनुसार बुधबार सार्वजनिक विदा दिने घोषणा प्रदेश सरकारले यसअघि नै गरिसकेको थियो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक विदा दिँदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार