पानीमाथि ९० मिनेट पद्‍मासन, नेपाली युवाले राखे विश्व कीर्तिमान

विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान कायम गरेका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले ९० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहन समेत मन्त्री अथकले आग्रह गरे ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्जवल भण्डारीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार