आयल निगमले भन्यो- तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले तेल व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको बताएको छ ।

निगमले विज्ञप्ति जारी गर्दै अन्तराष्‍ट्रिय बजार मूल्‍य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आएको बताएको छ । ुनिगमसँग संचित बचत शू्न्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थित देखिएको छ,ु विज्ञप्तिमा उल्लेख छ ।

पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख) मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

यस्तै निगमले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनाको अवधिमा अनुमानित १९ अर्ब २६ करोड घाटा व्यहोरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार