डिशहोममार्फत अब विश्वभरबाट सर्ट मुभी हेर्न सकिने

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ ।

सर्ट टिभीका फाउन्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रमद्वारा नेपालमा सर्ट टिभीको शुभारम्भ गरेका हुन् ।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक भएको भन्दै अब डिसहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । यस्तै उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्न सक्ने बाटो खुलेको बताए ।

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिसहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो ।

डिसहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ ।

यस च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि भारतीय, टर्किस, इरानियन, ब्रिटिस, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने आशा डिसहोमले लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार