आज मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सार्वजनिक विदा दिएको हो ।
मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक विदा दिइएको बताए ।
सोमबार प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी टुंगो लागेको हो ।