थप ६ हजार ७३४ जनामा कोरोना पुष्टि, ३० हजारबढी सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पिसीआर र तीन हजार ४५१ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म ११ हजार ६२३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार