देउवा–प्रचण्ड भेटवार्ता : संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको छ । साथै थप आवश्यक छलफल गर्न सरकार सञ्चालनका लागि गठित राजनीतिक समन्वय समितिको भोलि बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय भएको प्रचण्डको सचिवालयका सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले ट्वीट गरी जानकारी दिएका छन् ।

यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार