प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

कोरोना संक्रमण मुक्त भएपछि प्रचण्ड सोमबार बालुवाटार पुगेका हुन् । भेटमा दुई नेताबीच माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनायो ।

भेटपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको सचिवालयले जनायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार