स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन सरकार र आयोगको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचन तत्काल सुरु गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार एक वक्तव्य जारी गर्दै सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् ।

‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः ०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन समयमै नभएमा संवैधानिक संकट आउने र आमजनतामा स्थानीय तहबाट प्रवाह भइरहेका सेवा अवरुद्ध हुने हुँदा लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै जनमानसमा नकारात्मक प्रभाव पर्न सक्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार