गुण्डा नाइके विकास पुन पक्राउ

गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । दाङका पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । कपिलवस्तुका तिलक थापाले पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै मद्दा दर्ता गराएका थिए । पुनविरुद्ध परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी कुमार घैंटे समूहका हुन् । कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार