एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच सम्झौता

मलेसियाबाट समेत पैसा पठाउन मिल्ने

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो ।

हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ ।

रेमिट्यान्सको दायरालाई अझ विस्तार गर्दै बैंकले मलेसियाबाट समेत पैसा पठाउन मिल्ने गरी वर्ल्ड रेमिटसँग साझेदारीको घोषणा गरेको जनाएको छ । यसबाट मलेसियामा बस्दै आएका नेपालीहरुले बिना झन्झट सजिलै वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालमा पैसा पठाउन सक्ने समेत बैंकले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार