आकाशमै ढोका खुलेपछि गुण एयरकाे जहाज काठमाडौं फर्काइयाे

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ ।

‘आकाशमै हवाईजहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइएको छ ।’ अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए ।

यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । प्रमुख ठाकुरले भने ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको हो तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार