सडकमा खनिएको खाडलमा परेर बुटवलमा युवकको मृत्यु

सडक निर्माणको लागि खनिएको खाडलमा परेर बुटवलमा एक युवकको मृत्यु भएको छ ।

बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगिकुटिदेखी मगरघाटसम्मको सडक विस्तारको क्रममा खनेको खाडलमा परेर गुल्मी छत्रकोट ३ का शोभाखर पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।

उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार