युक्रेनमा हस्तक्षेप रोक्न रूसमाथि दवाब

रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् । रूसले विभिन्न बहानामा सैन्य कारबाहीहरू सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुसी अधिकारीले बताएका छन् ।

युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ । आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरूले उत्तेजित बनाएको बताइएको छ । मस्कोले यसअघि नै अत्याधुनिक हतियारसहित करिब एक लाख सेना युक्रेन पठाइसकेको आरोप यूरोपेली नेताहरूले बताउँदै आएका छन् ।

युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरूले दावी गरेका छन् । तर, रुसले उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिका र नाटोसम्बन्ध सेनाले भने रुसको सो कदमको विरोध गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार