एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उनले भनेका छन् ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन् ।

Loading...