प्रधानमन्त्री कार्यालयले बेलायती महारानीसँग माफी माग्यो

बेलायतका प्रधानमन्त्री कार्यालयले बर्किघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग स्ट्रीट’ का कर्मचारीमाथि दुई पार्टी आयोजना गरेको आरोपको थियो ।

यस्तो पार्टी ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको थियो । लण्डनबाट प्रकाशन हुने ‘द टेलीग्राफ’ को रिपोर्ट अनुसार यस आयोजनमा करीब ३० जना सहभागी भएका थिए । पार्टीमा बिहानसम्म रक्सी र नाचहरु भएका थिए ।

यो पार्टी यस्तो समयमा भएको थियो जतिबेला विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको थियो र बेलायतमा कयौं खालका प्रतिबन्धहरु लगाइएको थियो । यी दुबै पार्टीमा बेलायती प्रधानमन्त्री बेरिस जोनसन सहभागी भएका थिएनन् ।

‘१०, डाउनिंग स्ट्रीट’ रक्सी र नाँचसँग जोडिएको आरोपमा पहिला एक कर्मचारीको विदाई भाषण आयोजना भएको बताइएको थियो ।

बेलायती प्रधानमन्त्रीले हाल सालमा आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको रक्सी पार्टीलाई लिएर माफी मागेका थिए । यो पार्टी मे २०२० को महामारीको बीचमा आयोजना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार