कास्कीमा माघ १ गतेदेखि स्मार्ट लकडाउन

कास्कीमा माघ १ गते (शनिबार) देखि स्मार्ट लकडाउन लागु हुने भएको छ । आज शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले एक एक विज्ञप्ति जारी गर्दै माघ १ गते शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ ।’
यस्तै, प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार