नारायणगढबाट काठमाडौँ आउँदै गरेको स्करपियो त्रिशुलीमा खस्यो 

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार