इच्छाकामनाको तीन नम्बर पुलबाट स्करपियो त्रिशुलीमा खस्यो, सात घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको बा१३च ४३६५ नम्बरको स्करपियो शुक्रबार बेलुका ६ः०० बजेतिर त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन ।

Loading...