आज एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३५३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१३ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार