बिग मर्जर भाँडिएपछि दुई बैङ्कले शाखा खोल्न र बोनस बाँड्न नपाउने

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर भाँडिएको छ । बिग दुई ठूला बैंक एक हुने गरी वैशाख देखि अघि बढेको कुरा पुस मसान्तमा आएर सबै प्रयास विफल भएका हुन् । हिमालयन बैंकको शुक्रबारको साधारणसभामा मर्जरको पक्षमा बहुमत पुग्न सकेन ।

योसँगै नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले कानून अनुसार कारबाही गर्ने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार आज साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले अब पाउने छैनन् ।

यसबाहेक दुवै बैँकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने तथा राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा पाउने छैनन् । यसको अर्थ हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैँकले पुनरकर्जा,एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन ।

गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा हुने छैन । कारवाहीबाट बच्नका लागि दुवै बैँकले अर्को बैंकसँग मर्जर गर्नुपर्ने छ ।

‘गल्ती हिमालयन बैंकको छ तर दुबै बैंकलाई कारबाही हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब दुबै बैंकले तत्कालै अर्को पार्टनर खोजेर मर्जर वा एक्विजिशन गर्नुको विकल्प छैन ।’ गत बैशाखमा मर्जरमा जाने सैद्दान्तिक समझदारी गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर १० महिनापछि आएर भाँडिएको हो । इन्भेष्टमेन्ट बैंक मर्जरमा जान तयार रहँदा रहँदै पनि हिालयन बैंकका ३० प्रतिशतभन्दा स्वामित्व भएका सेयरधनीले मर्जरको विपक्षमा भोट हालेकाले यी दुई बैंकबीच मर्जरको च्याप्टर क्लोज भएको हो ।

हिमालयनभन्दा निकै कमजोर मानिएको इन्भेष्टमेण्टलाई १ बराबर १ स्वाप दिने तय भएसँगै मर्जरको विपक्षमा आवाज उठेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार