एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

पोखरेल एमाले जिल्ला अधिवेशनको क्रममा प्रदेश २ को दौडधुपमा थिए ।

पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार