स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज निर्वाचन आयोगमा सर्वदलीय बैठक

निर्वाचन आयोगकाे आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन लाग्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार