ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?

सहिद स्मारक ए डिभिजन लिगको नवाैँ चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ ।

दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ ।

तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् ।

सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।

खेलअघि के भन्छन् प्रशिक्षकः 

तोपे फुजा
मुख्य प्रशिक्षक, मनाङ मर्स्याङ्दी क्लब

सातदोबोटो नयाँ टिम हो । नयाँ खेलाडी छन् । सबै ए डिभिजनका क्लब राम्रा छन् । हामी कसैलाई कमजोर मान्दैनौं । हामी जित्नको लागि खेल्छौं ।

रत्नकाजी महर्जन
सहायक प्रशिक्षक, एपीएफ फुटबल क्लब

तयारी राम्रो भएको छ । तालमेलसमेत राम्रो छ । पछिल्लो खेलमा बल पोसेसनमा कमजारी भयौं ।  गोल पनि सदुपयोग भएन । त्यसलाई मध्यनजर गरेका छौं । बल होल्ड गरेर गोल निकाल्न खेल्छौं । रेलिगेशनबाट सुरक्षित अवतरणको लक्ष्यमा छौं ।  टिममा चोटको समस्या छैन । गोलरक्षक (जापानी) चोट लागेपनि त्यस्तो समस्या छैन ।

सुरज महर्जन
सहायक प्रशिक्षक, सातदोबाटो युथ क्लब

मनाङ एक राम्रो टिम हो । अघिल्लो खेलमा मनाङले राम्रो गोल गरेको छ । उसको मनोबल उच्च छ । हाम्रो पनि राम्रो छ । अभ्यासमा धेरै सुधार भएको छ । पोसेसन बाई राम्रो गरेका छौं । पहिलो पटक मनाङसँग खेल्दै छौं । हामी तीन अंकको लागि खेल्छौं । सुशील राई रेष्टमा हुनेछ । मनाङको अग्रपंक्ति र ‘सेट पिस’लाई रोक्न तयार गरेका छौं । सुरुमा हामीले जोशले खेल्यौै अहिले त्यस्तो भएको छैन । हाम्रो प्रशिक्षक समेत आगामी खेलमा उपलब्ध हुनुहुन्छ ।

नविन न्यौपाने
प्रशिक्षक– त्रिभुवन आर्मी फुटबल क्लब

तयारी राम्रो भएको छ । मुख्य कुरा अगाडि बढ्न तीन अंक महत्वपूर्ण छ । एनआरटीलाई जितेपछि मनोबल उच्च छ । तीन अंकको बिकल्प छैन । फ्रेन्ड्सलाई पनि तीन अंक आवश्यक्ता छ । हामीले सहज लिएका छ्रैनौं । उसका तीन विदेशी खेलाडी बलिया छन् । महत्वपूर्ण प्लेयरलाई रोक्न सक्याैँ भने, पाएका अवसर सदुपयोग गर्न सक्यौं भने जित्छौं । सन्तोष चोटका कारण उपलब्ध हुनेछैन ।

मृगेन्द मिश्र
प्रशिक्षक, फ्रेन्ड्स क्लब

आर्मी राम्रो छ । जसरी पनि जित्नै पर्नै दबाबमा छ । हामीले आर्मीविरुद्ध नजिते रेलिगेशनको धेरै चान्स छ । मछिन्द्रसँग खेलेको खेल खेल्छौं । जित्नको लागि खेल्छौं । पछिल्लो खेलमा अशिम भुषाल कप्तानमा नफापेको हो कि भनेर प्रिजेनलाई कप्तानी दिएका हौं । आर्मी राम्रो टिम हो । आर्मीलाई कुन चिजले विफल पार्न सक्छौं त्यही रणनीति बनाएका छौं । आर्मीविरुद्ध हामीलाई जित्नै पर्नेछ । त्यो जित्यो भने रेलिगेशनबाट बच्नको लागि सहज हुन्छ ।

उर्जन श्रेष्ठ
प्रशिक्षक, थ्रीस्टार क्लब

तयारी राम्रो छ । खेलाडीले राम्रो खेलेका छन् । पछिल्लो दुई खेलमा चार गोल गर्नु नै राम्रै हो । संकटा राम्रो टिम हो । टिमवर्क राम्रो छ । हाम्रो पनि राम्रो छ । अब आउने खेल टप हुन्छ । टप चारमा आउन चान्स छ । नयाँ स्टाइकर आएपछि गोल निस्किएको छ । ‘अट्याकिङ थर्ड’मा राम्रो भएको छ ।  अनन्त तामाङ (डिफेन्डर) खेल्न सक्दैन भन्ने छ । हामीसँग अनन्त नभएपनि विकल्प धेरै छ ।

प्रवेश कटुवाल 
प्रशिक्षक –मछिन्द्र फुटबल क्लब

हाम्रो तयारी चलिरहेको छ । अन्तिम खेलपछि आठ दिनको विश्राम पाएका छौं । बीबीसी हेर्दा रेलिगेशन टिम भएपनि ‘टप फाइट’ दिएको छ । बीबीसीले पुलिसविरुद्ध बराबरी खेलेको छ । हाम्रो भन्दा मनाङको अगाडि खेल छ । उसको रिजल्ट हेरेर खेल्छौं । सबै खेल जितेर लिग दाबी गर्छाै । राष्ट्रिय टोलीको मैत्रिपूर्ण खेलका कारण सात खेलाडीले आहा रारा खेल्न गाह्रो हुन्छ । रेजिन सुब्बा आईसकेको छ । अभ्यासमा आएको छ । रिकवरी भएको छ । बल छोएको छैन ।

किशोर केसी
प्रशिक्षक, जावलाखेल युथ क्लब

अभ्यास राम्रो चलेको छ । चिसोले गर्दा खेलाडी बिरामी छन् । द्विविधा पर्न गएको छ । नौ खेलाडीले अभ्यास गरेको छैन । आजको अभ्यासमा १२ खेलाडी र  किपर सहित १४ जना उपस्थित भए । रुघाखोकी लागेको छ ।  सबै कोभिड टेष्ट गरेर नै मैदान आएका छन् । खेलाडी निको हुँदै पनि आएका छन् । आराम गरेका छन् । एनआरटीविरुद्ध जित्नको लागि ट्याक्टिकल, फिजिकल र साईकोलोजी युज गर्छांै ।

राजुकाजी शाक्य
प्रशिक्षक, न्युरोड टिम एनआरटी

सधैँ तीन अंकको लागि खेल्ने हो । अन्तिम खेलमा राम्रो खेल्दा खेल्दै खेलाडीले खेल्न सकेन । त्यहीँ सुधार गरेका छौं । लिगमा धेरै खेलाडीमा कोरोना लागेको हल्ला छ । मेरोमा धेरै डाइरिया, रुघाँखोकी लागेको छ । यसमा खेलाडी सजक हुनुपर्छ ।

आशिख थापा मगर 
सहायक प्रशिक्षक, च्यासल यथ क्लब

हाम्रो तयारी जित्ने हो । हारे रेलिगेशन र जिते बच्छौं । पुलिसविरुद्ध महत्वपूर्ण खेल हो । रेलिगेशनबाट बच्नेमा आशा अझै छ । कमल श्रेष्ठ र प्रदीपलाई कोरोना लागेको छ । कमलको ठाउँमा सागर थापाले खेल्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार