दिनहुँ बढ्न थाले कोरोना संक्रमित, आज थप ३ हजार ५५३ जनामा देखियो

नेपालमा बिहीबार ३ हजार ५ बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको नमूना परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण भेटिएको हो । सो अवधिमा १० हजार ४९८ वटा पीसीआर र ४ हजार ५८३ वटा एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २७१ जना कोरोनाबाट निको भएका छन् भने थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा हाल १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार