यी चार सांसद जसले फ्लोर क्रस गरेपछि जोगियो मुख्यमन्त्री शाहीको सरकार

Sunrise Bank Middle Size

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्र बहादुर सरकार जोगिएको छ । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका छन् ।

एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका हुन् । उनीहरु सबै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु हुन् ।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...