पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेकोे छ । महासंघका अनुसार आज चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार