कोरोना अपडेट: शुक्रबार ९ सय जनामा संक्रमण, ४ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ९ सय जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षणका क्रममा ८३६ जनामा र एन्टीजेन परिक्षणमा ६४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । गत २४ घण्टामा २०८ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७४ हजार ८१२ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ५ हजार ८ जना आइशोलेशन र ७७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख ३५ हजार ८४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार