विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने- सबै सांसदले एकपटक मलाई मत दिनुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘कर्णालीका साझा मुद्दा छन् । सबै मिलेर छलफल गरौंला, ‘सबै माननीय सदस्यहरूले मलाई एकपटक मतदान गर्नु हुनेछ भन्ने विश्वास छ ।’

उनले आफ्नो वक्तव्य प्रस्तुत गर्नेक्रममा कर्णालीको समृद्धि र विकासका लागि एकपटक फेरि साझा प्रतिवद्धता गर्नु जरूरी रहेको औंल्याए । उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भए यता ९५ मन्त्रिपरिषद बैठक बाट ५८७ जनपक्षीय निर्णय गरेको चर्चासमेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार