सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने उल्लेख गरिएको छ । साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार