नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशककाे राजीनामा स्वीकृत

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

कार्यकारी निर्देशक दाहालले आज मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाएका थिए । दाहालको राजीनामा स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए ।

कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ ।

अहिले नारायणहिटी सङ्ग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार