उपत्यकाका सिडि‍ओकाे बैठकः २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साे निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार